• गृहपृष्ठ
  • विदेशीले खाद्यान्न नपठाए नेपाली भोकभोक मर्नुपर्ने अवस्था, राजनीतिक दलका नेताहरु अझै पनि जनतालाई पारिरहेका छन् भ्रममा !

विदेशीले खाद्यान्न नपठाए नेपाली भोकभोक मर्नुपर्ने अवस्था, राजनीतिक दलका नेताहरु अझै पनि जनतालाई पारिरहेका छन् भ्रममा !

May 12th, 2024

काठमाडौं, बैशाख ३०
अहिले विश्वका कतिपय मुलुकबीच युद्ध चलिरहँदा कतिपय देशमा बाढी आएको छ । यसले त्यहाँबाट खाद्यान्न निर्यात ठप्प भएको छ । र, यसको प्रत्यक्ष असर नेपालमा परेको छ । अहिले ती मुलुकबाट मकै, गहुँ, चामललगायतका अन्न तथा खाद्यान्न नेपाल आयात हुन छोडेको छ । आयात भएपनि आम सर्वसाधारणले किनेर खानै नसक्ने महँगो छ । बजारमा व्यापारीहरु भन्छन्, ‘मकै, गहुँ, चामल नै आएको छैन ।’ कतिपय व्यापारी भने मूल्य हवात्तै बढेर आएको बताउँछन् । नेपालमा विदेशी मुलुकबाट ठुलो मात्रामा खाद्यान्न आयात हुने गरेको छ । हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर छैन । यहाँ गुन्द्रक समेत बाहिरबाट ल्याइन्छ । यद्यपि, अहिले विदेशी मुलुकले खाद्यान्न तथा अन्न निर्यात रोकिदिँदा नेपालमा समस्या आइपरेको छ । विदेशीले खाद्यान्न नपठाए नेपालमा भोकमरी सुरु हुने विज्ञहरु नै बताउँछन् ।

अहिले नै बजारमा खाद्यान्न तथा अन्नको मूल्य हवात्तै बढेको छ । तर, सरकारलाई केही मतलब छैन । जनतालाई कसरी बचाउने ? कहाँबाट खाद्यान्न ल्याउने ? भनेर सरकार गम्भीर बनेको छैन । पछिल्लो समय गाउँदेखि सहरसम्मका मानिसहरुले खाद्यान्न किनेर खान्छन् । किनकि खेतीयोग्य जमिनमा घर र बाटो बनिसकेको छ । अन्न उत्पादन गर्न जमिन छैन । छिमेकी देश भारत र चीनले कतिन्जेल नेपाललाई खाद्यान्न पठाइरहन्छ र ? आफ्रनै देशमा खाद्यान्न अभाव भयो भने उसले नेपाललाई खाद्यान्न पठाउँछ त ? विदेशीले खाद्यान्न त पठाउँलान् तर सिस्तैमा पठाउँदैनन् नि त । खाद्यान्न अभाव भएपछि झनै चर्को वा महगो मूल्यमा किन्नुपर्ने हुन्छ । यसले एकातिर मुलुकको पैसा सबै विदेशिने र पैसा नहुने गरिब जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुनेछ । नेपाललाई विश्वमा कृषि प्रधान मुलुक भनिन्छ । सरकार हरेक वर्षको असार १५ गते धान दिवस मनाउँछ ।

मुलुकको खेतीयोग्य जमिन जति सबै प्लाटिङ वा खण्डीकरण गरी घर तथा बाटो बनाएर मासिसकिएको छ । २०३१÷०३२ सालसम्म नेपालले विभिन्न देशमा खाद्यान्न निर्यात गथ्र्यो । कतिपय देशलाई त खाद्यान्न अनुदानमा समेत दिन्थ्यो । अहिले विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आएको छ । हामी नेपालमा बस्छौं । नेपाली नागरिकता बोक्छौं । बिडम्बना, खाद्यान्न चाँहि बाहिरी देशमा फलेका खान्छौं । हाम्रो भान्छामा पाक्ने हरेक वस्तु विदेशबाट नै आयात गरिएको हुन्छ । खाना पकाउन पनि विदेशबाट आयात गरिएको ग्याँस र विद्युतीय चुल्हो प्रयोग गरिन्छ । सवारीसाधन, मोबाइल, लत्ताकपडा, फर्निचर, औषधीहरु पनि बाहिरी देशबाटै आउँछ । हाम्रो देश कुनै पनि वस्तु तथा सेवामा आत्मनिर्भर बन्न सकेको छैन । हरेक चिजमा विदेशीको भर पर्नुपरेको छ ।

विदेशीले पन्ध्र दिन खाद्यान्न निर्यातमा रोक लगाए वा छिमेकी मुलुक भारतले नाकाबन्दी गरे यहाँ ठुलो खाद्यान्न संकट निम्तिनेछ । र, सरकारको अझै पनि यसतर्फ ध्यान गएको छैन । भूमि मन्त्रालय र कृषि मन्त्रालयले कहिल्यै खेतीयोग्य जमिन बचाउन खोजेनन् । आफ्नो देशको जमिन सकाएर अन्य देशको खाद्यान्न तथा वस्तु बिक्री गर्ने स्थल नेपाल बनाइयो । यता, भूमाफिया तथा दलालीहरुले खेतीयोग्यसहित सबै जमिन प्लाटिङ गरेर सकाए । डाँडाकाँडा समेत छोडेनन् । एक रोपनी जग्गामा १६ आना हुन्छ । तर, रोपनीको लाखमा किनेर आनाकै ७०÷८० लाखमा बेचे, दलालीहरुले । अहिले महँगोमा जमिन किन्ने र सस्तोमा बेच्ने डुबेका छन् । बीचमा बस्ने माफिया, दलालीहरुले चाँहि कमाउनु कमाए । खेतीयोग्य जमिन सबै प्लाटिङ वा खण्डीकरण गरेर सकिदा आज मुलुकमा खाद्यान्न संकट निम्तिने संकेत देखिएको छ । यता, भूमि मन्त्रालय अझै पनि घरजग्गा कारोबारबाट यति राजस्व उठ्यो भन्छ । जनतालाई भोकमरीबाट कसरी बचाउने भन्नेतर्फ मन्त्रालयको ध्यान गएको छैन । नौं दशकअघि नेपालको जनसंख्या करोड पनि थिएन । यद्यपि, जमिन चाँहि धेरै थियो । त्यसबीच भारत र चीनले हाम्रो देशको अधिकाश भूभागमाथि कब्जा गरे ।

०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । नौं दशकको बीचको नेपालको जनसंख्या हवात्तै बढेको छ । तर, भूमि चाँहि घटेको छ । भारत र चीनले कब्जा गरेर बाँकी भएके जमिन पनि घर र बाटो बनाउँदा मासिएको छ । अब सरकारले जनतालाई के खुवाएर बचाउँछ ? घरको इट्टा टोक्न मिल्दैन त बाटो पिच गरेको अलकत्र्रा खान मिल्दैन । मानिस खाद्यान्न बिनाबाँच्न सक्दैन । बाँच्नको लागि खाना नै चाहिन्छ । सरकारी कर्मचारी, राजनीतिक दलका नेताहरु नै दलाली हुँदा आज जनता खाना नपाएर वा भोकमरीका कारण मर्नुपर्ने स्थिति निम्तिएको छ । जनताले पनि राजनीतिक दलहरुले आफ्नो देश सखाप बनाए भनेर बुझेनन् । राजनीतिक दलहरुले नेपाललाई विश्वका देशहरुको खाद्यान्न बिक्री गर्ने एउटा थलो बनाए । आफ्नो देशलाई कंगाल बनाएर विदेशी देशलाई धनी बनाए ।

अझै पनि राजनीतिक दलका नेतहरु ठुल्ठुल्ला भाषण गर्छन् । राष्ट्र, राष्ट्रियता र जनताको कुरा गर्छन् । अब जनताले देशलाई सखाप पार्ने यस्ता नेताहरुको कुरामा विश्वास गर्नुहुन्न । कर्मचारी र नेताहरु आफुलाई देश र जनताको सेवक बताउँछन् । तर, यीनीहरु देश र जनताको लागि विषालु सर्प चाँहि हुन् । जसले आफ्नो फाइदा वा स्वार्थको लागि जे पनि गर्न सक्छ । हामी सर्वसाधारण पनि प्रलोभनमा पप्यौं । लहैलहैमा लागेर सोच्दैनसोची जथाभावी लगानी गरौं । अरुले कमाएको देख्नेबित्तिकै ऋण लिएर भएपनि त्यही क्षेत्रमा लगानी गरौं । दलालीको लहैंलहै लागेर सर्वसाधारणले आफुले जीवनभर कमाएको वा बैंक तथा वित्तिय संस्थाबाट समेत ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । अहिले यस क्षेत्रमा मन्दी आउनासाथ सर्वसाधारण डुबे । मुलुकको अर्थतन्त्रमा समेत ठुलो प्रभाव परेको छ । अर्कोतर्फ सबै जमिनमा घर बनाउँदा खेतीयेग्य जमिन मासिएको छ ।
अहिले सरकार भन्छ, ‘राजस्व उठेन ।’ उद्योग खोलेको भए पो राजस्व उठ्थ्यो त । उद्योग खोल्न चाँहि प्रोत्साहन नगर्ने अनि घरजग्गालाई मात्र राजस्वको स्रोत बनाएपछि यस क्षेत्रमा मन्दी आउनासाथ सरकार पनि आत्तिएको छ । बैंक तथा वित्तिय संस्था र आम सर्वसाधारणको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा छ । अहिले यो क्षेत्रमा मन्दी आएको छ । योसगै व्यक्ति त डुबे नै, बैंक तथा वित्तिय संस्था पनि टाट पल्टियो ।

सहकारीको भागाभाग चलेको छ त बैंकमा पनि समस्या आइलागेको छ । सहकारीमा बचत गरेका करोडौं बचतकर्ताको कन्तबिजोग भएको छ । एयरपोर्टमा नेपाली युवाहरुको लाम छ । दिनहुँ हजारौं नेपाली युवाहरु रोजगारीका लागि विदेशिरहेका छन् । अनि दोषी को ? सरकारले समयमै विलासित वस्तुमा नभई उत्पादनमूलक वा औद्योगिक क्षेत्रमा मात्र लगानी गर्न पाइने नीतिनियम बनाएको भए आज यो अवस्था सायद आउँदैन थियो । आफ्रनै देशमा सानोतिनो काम गरेर भएपनि जनता बस्थे । तर, बैंक तथा वित्तिय संस्थाहरुले ओद्योगिक वा कृषि क्षेत्रमा लगानी नगरिदिँदा आज सबै नेपाली युवाहरु रोजगारीका लागि खाडी विदेशिनुपरिरहेको छ । अहिले व्यक्तिहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ । प्राइभेट बैंक पनि डुबिसकेका छन् । ०४६ सालपछि सरकारले विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ । त्यो पनि देशै धितो राखेर ।

अहिले हरेक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । अझै पनि राजनीतिकदलका नेताहरु चाँहि देश विकास गछौं भनेर ठुल्ठुल्लो भाषण गरिरहेका छन् । नेता र कर्मचारीले मिलेर देश सकाए । आफ्नो देशलाई सिध्याएर विदेशीलाई धनी बनाए । अनि हामी सर्वसाधारण भने यस्ता राष्ट्रघातकहरुको कुरामा अझै पनिविश्वास गरिरहेका छौं । अब जनताले नेताहरुको कुरामा विश्वास गर्ने होइन । यस्तालाई देशबाट लखेट्ने हो । सञ्चारकर्मीहरुले पनि देश र जनताको लागि अब कलम चलाउनुपर्छ । देश डुबिसकेको छ । खाद्यान्न संकटको संकेट देखिएको छ । यद्यपि, नेताहरु भने अहिले पनि सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । त्यसैले, अब जनताको छिट्टै आँखा खोलास् ।
रुषा थापा
भक्तपुर