• गृहपृष्ठ
  • एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारकाे निर्णय

एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारकाे निर्णय

May 3rd, 2024

काठमाडौं, बैशाख २१

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। यही वैशाख २० गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन्।