कविताः मेरी मायालुको माया………….

Apr 26th, 2024

मेरी मायालुको माया लागेर आउँछ

फेरि पनि मनले धेरै कुरा सोचेको हुन्छ

मैले  श्रम गर्ने सहर बसेको परिवेश सहज थिएन

परदेशको ठाउँ नसम्झेको पल छैन

गाउँ घर देखि टाढा भए पनि भुलेको छैन

मेरो गाउँ त्यो सानो बस्ती बिर्सेको छैन

कुराकानी गर्न मन छ बोल्न सकिन

मनको सम्झनाका कथा लेख्न सकिन

खुसीलाई सजाएर मनमा राख्न सकिन्छ कि

छिन छिनमा लहरहरू मनमा आउँछ कि

मेरी मायालुको माया लागेर आउँछ

फेरि पनि मनले धेरै कुरा सोचेको हुन्छ

नाम -गोबिन्द राज ओझा (राजन)

 ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी