• गृहपृष्ठ
  • सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Apr 26th, 2024

काठमाडौं, बैशाख १४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली श्रेष्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मालपोत कार्यालयका तत्कालीन खरिदार पौडेलसहित नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला,खुम्बु पासाङल्हामु गाउँपालिका १ बस्ने बुद्धमाया थापा मगर र निजका नाती रामकृष्ण थापा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सरकारको नाममा रहेको जुभिङ्ग गाउँपालिका वडा नम्बर ५ मा रहेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने/गराउने कार्यमा संलग्न देखिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता घिमिरेले बताए ।