बुलुमा चन्द्रभैरव जात्रा

Apr 22nd, 2024

ललितपुर, बैशाख १०

ललितपुरको चापागाउँ ११ बुलुमा चन्द्रभैरवको जात्रा मनाइयाे । यो जात्रा प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म ३ दिन मनाउने गरिन्छ । चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरेर यो जात्रा सुरु हुन्छ। त्यसै दिन पूजा सम्पन्न भएपछि गुठीयारले भोज खुवाउने गर्दछ।
 
चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको छ । चैत त्रयोदशीका दिनमा चन्द्रभैरव र गणेशलाई खटमा राखी बिहान नगर परिक्रमा गरिन्छ र त्यही दिन पुनः साँझ नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ।