• गृहपृष्ठ
  • सहकारी ठगी प्रकरण : जीबी राईसहित २८ जनालाई प्रतिवादी, १ अर्ब २ करोड मागदाबी

सहकारी ठगी प्रकरण : जीबी राईसहित २८ जनालाई प्रतिवादी, १ अर्ब २ करोड मागदाबी

Apr 15th, 2024

काठमाडौं, बैशाख ३

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । १ अर्ब २ करोड मागदाबी लिनुपर्ने रायसहित शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंहजानकारी दिए ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् ।

सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् । प्रतिवादी बनाइएका मध्ये जीबीसहित पाँच जना फरार छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।