• गृहपृष्ठ
  • राष्ट्रिय सहकारी बैंकमा साढे २५ अर्ब भन्दा माथि तरलता

राष्ट्रिय सहकारी बैंकमा साढे २५ अर्ब भन्दा माथि तरलता

Apr 14th, 2024

काठमाडौं, बैशाख २

राष्ट्रिय सहकारी बैंकमा साढे २५ अर्ब भन्दा माथि तरलता रहेको छ । बैंकमा २५ अर्व ५८ करोड २१ लाख रुपैयाँ रहेको जनाएको हो।

बैंकले शनिवार नयाँ वर्ष २०८१ को शुभकामना सन्देश जारी गर्दै बैंकले वित्तीय जवाफदेहीता र पारदर्शिता राष्ट्रिय सहकारी बैंकको प्राथमिकतामा रहेकोले नियमित वित्तिय विवरण सार्वजनिक गरेको जनाएको छ ।

बैंकले जारी गरेको विवरण अनुसार समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब ४७ करोड ३१ लाख, विभिन्न कोषको जम्मा रकम १७ करोड ९६ लाख र कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकले शनिवार सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता, शेयर सदस्य १६ हजार २९३ तथा ऋणी सहकारी सदस्य २ हजार ८८२ रहेको जनाएको छ ।

त्यसैगरी शेयरपुँजी २ अर्ब ८० करोड, जगेडा कोषमा एक अर्ब ४ करोड ७३ लाख, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ रहेको जनाएको छ ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने मूल लक्ष्यका साथ अघि बढेको राष्ट्रिय सहकारी बैंकले “वित्तीय जवाफदेहीता र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता भएको जनाएको छ ।

बैंकले नियामकीय अनुपालना, वित्तीय जबाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्र्तनिहित जोखिम व्यवस्थापन लाई प्राथमिकतामा राखी कार्यसम्पादन गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंकले हरेक महिना तोकिएको मापदण्ड बमोजिम पेस भएको तथ्याङ्कका आधारमा गैर–स्थलगत निरीक्षण गर्नुको साथै नियमित रूपमा स्थलगत सघन अनुगमन गर्दै आएको भन्दै वर्ष २०८० मा सहकारी विभाग र राष्ट्र बैंकबाट संयुक्त रूपमा स्थलगत अनुगमन भएको र वर्ष २०८० सहकारी अभियान तथा बैंकका लागि चुनौतीपूर्ण वर्षको रूपमा रहेको उल्लेख  गरेको छ ।

राष्ट्रिय सहकारी महासंघले गठन गरेको अनुगमन टोली, बैंकको लेखा सुपरिवेक्षण समिति, आन्तरिक लेखा परीक्षक र बाह्य लेखा परीक्षकबाट समेत बैंककोे नियमित अनुगमन तथा निरीक्षण हुँदै आएको उल्लेख गरेको हो ।