• गृहपृष्ठ
  • वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर, दुई बैंकले भने ब्याजदर बढाए

वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर, दुई बैंकले भने ब्याजदर बढाए

Apr 12th, 2024

काठमाडौं, चैत ३०

२०८१ बैशाखको लागि बाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गरेका छन । 

वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो ।

वैशाखको लागि एनएमबी बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।

चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ ले स्थिर राखेका छन् । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् ।