• गृहपृष्ठ
  • ललितपुर महानगरले वातावरण प्रहरी नियुक्त गर्दै

ललितपुर महानगरले वातावरण प्रहरी नियुक्त गर्दै

Apr 12th, 2024

ललितपुर, चैत ३०

ललितपुर महानगरपालिकाले वातावरण प्रहरी नियुक्त गर्ने भएको छ । ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको हो।

सो तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी वातावरण प्रहरीको भुमिका निभाउन आग्रह गरेका छन् ।

पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए । तीनदिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यवस्थापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।