• गृहपृष्ठ
  • मानव बेचबिखन गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखन गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Apr 11th, 2024

काठमाडौं, चैत २९

कुवेत पठाइदिने भन्दै श्रीलङ्का पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

पीडितलाई कुवेतमा मासिक २८ हजार नेपाली रुपैयाँ तलबमा काममा लगाइदिने प्रलोभन देखाई भारतको नयाँ दिल्ली हुँदै भिजिट भिसामा कोलम्बो पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार गरेको थियो ।

घलेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।