• गृहपृष्ठ
  • काठमाडौं विश्वकै बढी वायु प्रदुषित शहर

काठमाडौं विश्वकै बढी वायु प्रदुषित शहर

Apr 10th, 2024

काठमाडाैं, चैत २८

काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २५७ रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २३८ छ । अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थ अवस्थामा रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मानिएको छ ।

अहिले काठमाडौंको वायु प्रदुषण बढ्नुमा जङ्गलमा लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।

मौसम विभागले काठमाडौंमा अझै केहि दिन वायु प्रदुषणको अवस्था रहने र यो केही दिन पूर्णरुपमा हट्ने सम्भावना नरहेको बताएको छ ।