• गृहपृष्ठ
  • बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ

बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ

Apr 7th, 2024

काठमाडौं, चैत २५

बलात्कारको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार भक्तपुरमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका–१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक–पटक बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।