ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

Apr 6th, 2024

ललितपुर, चैत २४

ललितपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । 
ललितपुर महालक्ष्मी नगरपालिका ३ बोजेपोखरीमा शंखमुलबाट बोजेपोखरी तर्फ आउदै गरेको दुई जना सवार प्रदेश-०२-०३-००७ प २०२७ नं.को मो.सा.लाई शंका लागी प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेकाे हाे ।

पक्राउ पर्ने रौतहट यमुनामाया गा.पा-२ घर भई हाल ललितपुरकाे ट्यागल बस्ने वर्ष १९ को ओम प्रकाश साह, रौतहट ईसरनाथ न.पा-६ घर भई हाल ल.पु.जि म.न.पा-७ बालकुमारी बस्ने वर्ष १९ को रुपेश साह, शंखुवासभा खादवारी १० घर भई हाल महालक्ष्मी नगरपालिका ३ ईमाडोल बस्ने वर्ष ३८ को शक्ती थापा र गोरखा सियनचोक गा.पा-४ घर भई हाल महालक्ष्मी न.पा.३ ईमाडोल बस्ने वर्ष २० कि मनिता कुमाल रहेकाे प्रहरीले जनाएको छ ।

बरामद भएको लागू औषध र अन्य सामानहरु डाईजोपाम लेखिएको ३०१ एम्पुल, फेनारगन लेखिएको २९५ एम्पुल, बुमपरिनोफिन लेखिएको ३०० एम्पुल, नुफिन लेखेको ७ एम्पुल, ट्रामाडोल ट्याब्लेट एक पत्तामा १० ट्याब्लेट भएको ५ पत्ता, नेपाली रुपैया ३१४० र भारतिय रुपैया ३० बरामद गरेकाे जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सुचना अधिकारी नरेश राज सुबेदीले बताए ।

अदालतबाट दिन-७ (सात) म्यादथप गरी प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान कार्य भईरहेको छ ।