• गृहपृष्ठ
  • उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्दै

उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्दै

Apr 6th, 2024

काठमाडौं, चैत २४

आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ ।

भोलि उम्मेदवारको सूची र २७ गते अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।