• गृहपृष्ठ
  • एमाले ललितपुरको नवौं अधिवेशनको उद्घाटन सम्पन्न 

एमाले ललितपुरको नवौं अधिवेशनको उद्घाटन सम्पन्न 

Apr 5th, 2024

ललितपुर, चैत २३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवौं अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेबाट उद्घाटन भएको हाे ।

अधिवेशनमा सम्बोधन गर्दै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले अधिवेशनले पूरा गर्नुपर्ने कार्यभारका विषयमा चर्चा गर्नुभयो । पार्टीले मतदाताको कम्तिमा ३ प्रतिशत संगठित सदस्य बनाउने योजना पूरा गर्ने कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमको उद्घाटन समारोहलाई रौनकयुक्त बनाउँन विविध लोकनृत्य, गीतसंगीत राखिएको थियो ।

समारोह स्थलमा स्वास्थ्य सिविर राखिएको थियो उक्त सिविरबाट १ सयभन्दा बढीले स्वास्थ्य सुविधा लिएका थिए भने रक्तदान कार्यक्रममा ६० जना सहभागीले रक्तदान गरेका थिए ।

आजबाट शुरु भएको एमाले ललितपुरको अधिवेशन आगामी चैत्र २५ सम्म चल्नेछ । अधिवेशनले १ सय २० सदस्यीय नयाँ जिल्ला कमिटीको चयनसमेत गर्नेछ ।