• गृहपृष्ठ
  • इलाम २ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने

इलाम २ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने

Apr 4th, 2024

काठमाडौं, चैत २२

नेकपा (माओवादी केन्द्र) ले इलाम–२ को आसन्न उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । माओवादीले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले बताए ।

एमालेको उम्मेदवारलाई सघाउनेबारे शीर्ष नेतृत्वको सहमति भएको जानकारी आएको छ ।  माओवादीले इलाम–२ को उपनिर्वाचनमा धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

अन्ततः माओवादीले एमालेकै उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । इलाम–२ र बझाङ–१ (ख)मा आगामी वैखाश १५ गते उपनिर्वाचन हुँदैछ ।