• गृहपृष्ठ
  • एमाले ललितपुरको नवौ अधिवेशन चैत्र २३ गतेबाट

एमाले ललितपुरको नवौ अधिवेशन चैत्र २३ गतेबाट

Apr 3rd, 2024

ललितपुर, चैत २१

नेकपा एमाले ललितपुरको नवौ अधिवेशन यही चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने तालिका सार्वजनिक भएको छ । अधिवेशनको शुभारम्भ पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ । अधिवेशनमा करिव ५ सय जना प्रतिनिधि सदस्यले नयाँ नेतृत्वको लागि मतदान गर्दैछ ।

ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको आँगन पार्टी प्यालेसमा जिल्लाको ऐतिहासिक ९ औं अधिवेशन भव्य र सभ्यतापूर्वक सम्पन्न गर्न जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको छ ।

कम्युनिष्ट आन्दोलनको पृष्ठभूमि र इतिहाँस सम्झने र भावी पुस्ताको लागि पनि ललितपुरको कम्युनिष्ट आन्दोलन प्रेरणाको स्रोत भएको उनको भनाई छ ।

नेकपा एमालेले पार्टी प्रतिनिधिसँग शुल्क उठाएर जिल्ला अधिवेशनको खर्च जुटाउने अध्यक्ष आचार्यले जानकारी दिए ।