• गृहपृष्ठ
  • दुई युवकको हत्या आरोपमा फरार गुरुङले गरे आत्मसमर्पण

दुई युवकको हत्या आरोपमा फरार गुरुङले गरे आत्मसमर्पण

Apr 3rd, 2024

ललितपुर, चैत २१

ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको हत्या घटनाका एक आरोपितले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए । उनीमाथि थप अनुसन्धानका लागि परिसरले प्रहरी वृत्त चापागाउँमा बुझाएको छ।

चैत ११ गते राति डी. पोपिना रेष्टुरेन्टमा दुई पक्षबीच झडप भएको थियो। जसक्रममा रेष्टुरेन्टका सञ्चभालक विजय राईले किचेनबाट चक्कु निकालेर दुई जनामाथि प्रहार गरेका थिए। 

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।