• गृहपृष्ठ
  • बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त

Apr 2nd, 2024

ललितपुर, चैत २०

बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलबार साँझ एमालेबाट चारलाई जना मन्त्री पदमा नियुक्त गर्नुभएको हो। रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी दिइएको छ। श्रेष्ठ दाेेस्राे पटक स्वास्थ्य मन्त्री भएकाे हाे ।

प्रदेश प्रमुख शर्मासँग प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा  नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

एमालेबाट केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकलाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीमा नियुक्त गर्नुभएको हो ।