• गृहपृष्ठ
  • श्रममन्त्री डोलप्रसाद पनि ‘सहकारी ठगी’मा मुछिए

श्रममन्त्री डोलप्रसाद पनि ‘सहकारी ठगी’मा मुछिए

Apr 2nd, 2024

काठमाडौं, चैत २०

रास्वपाका उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँ बढी रकम फिर्ता पाएनन्।

सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई गत माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ।

अर्याल उपाध्यक्ष छँदै २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै आवेदन दिएका थिए। सहकारीबाट रकम नपाएपछि निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए। सहकारीको उपाध्यक्ष रहँदा रास्वपाका अध्यक्ष लामिछानेका तत्कालीन व्यवसायी साझेदार जिबी राईलाई सहकारीमा भित्र्याएर २०७९ मा अर्याल बाहिरिएका थिए। राजनीतिमा सक्रिय भएपछि उनले सहकारी छाडेका थिए।