• गृहपृष्ठ
  • राजश्व अनुसन्धान विभागले सरकारी जग्गाको करमा कडाई गर्ने

राजश्व अनुसन्धान विभागले सरकारी जग्गाको करमा कडाई गर्ने

Apr 2nd, 2024

आधारभूमि चैत्र २०, ललितपुर ।

नेपाल सरकारले सरकारी जग्गा नेपाल अधिराज्यभर कहाँ कित छ सो जग्गा कसले कति भाडादरमा भोग चलन गरेको छ भन्ने तथ्या नेपाल सरकारसंग कुनै डाटा नभएको बुझिएको छ।

राजा बीरेन्द्रको हत्या पछि नेपाल सरकारले केही जग्गा नेपाल सरकारको ट्रष्टको नाममा ल्याई नाराहिटी कम्प्लेक्सको १४५ रोपनी जग्गा १ अर्ब ५५ करोडमा शेर्पा महललाई १४ बर्षलाई लिजमा दिए पनि अन्य सरकारी जग्गाहरु हाइथ रिजेन्सी होटेल ३०५ रोपनी जग्गा मध्ये १०५ रोपनी नेपाल सरकारको नाममा शेयर पाउने गरी लिजमा लगायता पनि यती होल्डिङ्ग, गोकर्ण रिसोर्ट, गिरी बन्धु टि, छायाँ कम्प्लेक्स, लगायत नेपाल भरीका सरकारी जग्गा के कति सरकारी जग्गा कसले कति दरमा भोग चलन गरेकी कुनै तथ्य नभएको राजश्य अनुसन्धान विभागका निर्देशक केदार कोइरालाले जानकारी गराए ।

त्यस्तै, राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार नेपाल अधिराज्यभरको नेपाल सरकारका जग्गाहरुबाट आउने करमा खरबौं रुपयाँ नेपाल सरकारलाई नोक्सान भएको बताउँदै अब यस विभागको पहलमा नेपाल सरकारका जग्गाहरुबाट उठ्ने कर सम्बन्धित क्षेत्रलाई कर संकलनको जिम्मा दिने गरी सम्बन्धित कार्यालयलाई पत्राचार समेत गर्ने बताए।