• गृहपृष्ठ
  • जि.डब्लु.एम. का गाडीहरुमा “शानदार नववर्ष २०८१” अफर

जि.डब्लु.एम. का गाडीहरुमा “शानदार नववर्ष २०८१” अफर

Apr 1st, 2024

काठमाडौं, १९ चैत्र
विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जि.डब्लु.एमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउनेछन्: ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन, हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् ।

जि.डब्लु.एम नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ यो नयाँ वर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । ग्राहकहरुले जि.डब्लु.एमको शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन् साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको छ । यी विशेष सम्झौताहरूलाई जि.डब्लु.एको शोरूममा तिनीहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् ।
ओरा ०३ इभी: ५ लाखसम्मको फाइदा
यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जि.डब्लु.एमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसको स्टाइल (Style) र लक्जरीको (Luxury) साथ, निशुल्क  7 KW फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन् ।

हाभल एच सिक्स, र जोलायन: ८.५ लाखसम्मको फाइदा
हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर (Power)र लक्जरीको (Luxury) उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन्, साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

पावर ः १० लाखसम्मको फाइदा
जि.डब्लु.एम कोे पावर पिक–अपको साथ एन्डुरेन्स  (Endurance) र क्यापाबिलिटीको (Capability) अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।

जि.डब्लु.एमको बारेमाः
जि.डब्लु.एम ले अटोमोटिभ नवाचारलाई प्रोत्साहन गर्दै हाल नेपालमा हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ इभी, पावर र वीङ्गल सिक्स लगायत विभिन्न मोडलहरू सार्वजनिक गरेको छ ।
ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा विश्वभर नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा सफलतापूर्वक बिक्री गरिरहेको छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो, जसले जि.डब्लु.एमको विश्वव्यापी लाइनअपहरू नेपाली बजारमा ल्याउन सफल भएको छ र आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।