• गृहपृष्ठ
  • कृषिमा उद्यमशीलताः आतिएर हैन धैर्यता बोकेर लाग्नुपर्छ

कृषिमा उद्यमशीलताः आतिएर हैन धैर्यता बोकेर लाग्नुपर्छ

Apr 1st, 2024

काठमाडौं, चैत १९
कृषिमा उद्यमशील बन्न योजनावद्ध प्रयास र धैर्यताले मात्र सफलता हात लाग्ने सरोकारवालाले बताएका छन् ।
चितवनमा जारी प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ मा आयोजित छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा उद्यमशीलताको विषयमा कृषि र सरोकारवाला नै अन्यौलमा रहेको बताएका हुन्।
नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरमले अबआयोजना गरेको दुई दिने सम्मेलन अन्तर्गत पहिलो दिनको पहिलो छलफल (प्यानल छलफल) का वक्ताहरु (प्यानलिष्ट) ले नेपालमा सामाजिक उद्यमशीलताका लागि नीतिदेखि उद्यमीसम्मले आवश्यक सचेतना बढाउन आवश्यक रहेको बताएका हुन्।

चितवनमा व्यवसायीक स्टे«वरी खेती गरिरहेका नेपाल एग्रोभाइन प्रा.लि.का कार्यकारी निर्देशक सशन देवकोटाले नेपालीमा व्याप्त अरुले गरेको सफल कामको कपी गरेर छिटै लाभ कमाउन खोज्ने प्रवृत्ति उद्यमशीलताको बाधक रहेको चित्रण गरे । पटक पटक असफल हुँदा पनि नआत्तिएर सफलताको बाटोमा रहेका देवकोटाले नेपालको नीतिगत अवरोधका कारण पनि कृषि उद्यमशीलतामा ढिलासुस्तीको अवस्था सिर्जना भएको चित्रण गरे ।
विदेशबाट फर्केर कृषिमा लाग्नेका लागि पनि उनको फरक खालको सुझाव छ। उनी भन्छन्, सफलता ढिला मात्र हात लाग् भनेर नेपाल आउनुपर्छ । अमेरिका बसेर आउनेले त्यहाँको जस्तो सिस्टम खोजेर आउनु हुने भए नआउनु भए हुन्छ । नीति सही हुँदा पनि नियामक निकायमा रहने व्यक्ति परिवर्तन हुँदा पनि सरकारी कामहरु ढिला हुने र त्यसको उद्यमशीलताको सफलताको समयमा पर्ने उनको भनाइ छ ।

हामीले व्यवसायीकरणका कुराहरु गर्छौँ तर नीतिहरु पुरानै पाराको छ । जति थोरै उद्यमी हुन्छन्, त्यति धेरै प्रगति हुन्छ, उनको सुझाव छ, पटक पटक असफल भएर पनि हतोत्साहित हुनु भएन, कृषि जहिले पनि वातावरणसँग खेल्ने कुरा भएकाले कहिलेकाँही नपाइले भनेको जस्तो नहुन सक्छ । एउटा ट्क भर्ने उत्पादन दिनसक्यो भने मात्र बजार सुनिश्चित हुने भएकाले मास प्रडक्सनमा लाग्न उनको सुझाव छ। चितवनमा उनको कृषि पर्यटनमा आधारित स्टेवरी चर्तिछ । तर चर्चामा आउन र उद्यमशीलतामा सफल हुन धैर्यता महत्वपूर्ण कुरा रहेको चर्चा गर्ने उनी भन्छन्, बयल गाडिमा चढेर हवाइजहाजको गतिमा जान्छु भन्ने सोंच्नु हुन्न । सामाजिक उद्यमशील महिला नेटवर्क (सेवा) की कायृकारी निर्देशक विष्णु कुमारी नेपाल (आचार्य) ले महिलाले चाहेमा सामाजिक र आर्थिक रुपमा परिवर्तन सम्भव रहेको बताइन्। छलफलमा बोल्दै उनले भनिन्, मैले कृषिलाई उद्यम बनाएको छु । शिक्षणमा लामो समय लागें, कृषिमा पछि लागेँ । हामीसँग आवद्ध कृषकले धेरै उत्पादन गनुृहुन्छ।

सामाजिक उद्यमशीलताको विकासका लागि नीति निर्माणमा विशेष ध्यान विशेष ध्यान दिनुपर्ने सुझाव नेपालको छ । राज्यले महिला उद्यमशीलताका विकासको लागि सम्बोधन गर्न सकेमा उद्यमशीलतामा लाग्न प्रेरणा मिल्ने धारणा उनलको छ । साना किसानले बजारको सुनिश्चिता नहुँदा पनि उत्पादन वढाउन नसकिएको ठम्याइ नेपालको छ । उनले भनिन्, हामीसँग धेरै साना किसान हुनुहुन्छ । उत्पादनमा सहयोग गर्नेदेखि प्रांगारिक उत्पादनको संकलन केन्द्र, आउटलेट नहुँदा विक्रीमा चुनौति छ । बाँझो जमिन सदुपयोग गर्न सरकारको सहयोग आवश्यक रहने उनको भनाइ छ। सेवा नेपाल मार्फत् दर्जनौँ महिलाले आफ्नो जीवनस्तरमा परिवर्तन गर्न सम्भव भएको अनुभव सुनाउँदै उनले निरन्तरको लगनशीलताले भने उद्यमशीलतामा सफलता हात लाग्ने बताइन्।

जनज्योति मावि सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले समाजले कृषिलाई हेर्ने दृष्टिकोणमै परिवर्तन गरेर मात्र कृषिमा उद्यमशीलताको विकास गर्न सकिने बताए । छलफलमा बोल्दै उनले कृषि उद्यममा स्कुले बालबालिकाबाटै लगाउन सकेमा मात्र भोलिका दिनमा उद्यमी जशक्ति उत्पादन हुने बताए । केटाकेटीलाई नपढेपछि हलो जोत्लास् भन्ने गलत भाष्य परिवर्तन गर्नुपर्छ, सिग्देलले भने, हामीले पढ्दै कमाउउदै कार्यक्रम सफलतापूर्वक लागू गरेका छौँ, निकै राम्रो नतिजा पनि आएको छ। सानै बाट नानुबाबुहरुलाई पढ्दै कमाउदै कार्यक्रम गरेका उनको विद्यालयको प्रशंसा हुने गरेको छ। यस विषयमा जानकारी दिँदै सिग्देले भने, सानैबाट उद्यमी बनाउन थाल्यौँ । विद्यालयको आफ्नै फार्महरु छन्, फार्म छन्। बच्चाका आमाहरुलाई पनि बाख्रा, बंगुर पाल्ने, तरकारी खेति गर्ने लोनको व्यवस्था गर्यौँ। अहिले व्यवसायी बन्नु भएको छ ।

जनज्योति माविले गरेको स्कुले विद्यार्थीलार्ई कृषि र उद्यमशीलता सिकाउने अभ्यासलाई सरकारले पनि अपनाएको छ। सरकारले २४० स्कुलमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको छ । एक पालिका एक कृषि संकलन केन्द्र आवश्यक भएको र जसरी मान्छेका लागि स्वास्थ्यकर्मी घरघरमा जान्छन्, कृषिमा पनि कृषि विज्ञ जाने व्यवस्था हुनुपर्ने सुझाव उनको छ । आफ्नो विद्यालय बालबालिकालाई उद्यमी बनाउन सफल भएको सन्देश दिँदै सिग्देलले भने, हाम्रा भाइबहिनी पब्बि हैन, सब्जी खेल्छन् । छलफलमा बोल्दै अर्का वक्ता शिक्षिका तथा उद्यमी कमला पराजुली तिवारीले महिलाले उद्यमशीलतामार्फ्त आर्थिक र सामाजिक रुपमा सक्षम बन्दै जाने बताउँछिन्।
उद्यमी महिलालाई राज्य र समाजले महिलालाई हेर्ने दृष्टिाकोणमा परिवर्तन भएको उदाहरण चलाइन् । उनले भनिन्, सहकारीको नेतृतव लिएर अगाडि बढ्दा, आयआर्जन बढ्दै जाँदा परिवार र समाजले सकारात्मक रुपमा लिन थालेको छ।

छलफलका वक्ता डेलीस डेरीका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सन्दिप पौडेलले उत्पादनलाई बजारीकरण गर्न रचनात्मक तरिकाले सोच्नुपर्ने बताए । सरकारले नीतिगत रुपमा पनि कृषि र खाद्यलाई गम्भीर रुपमा नलिएका कारण पनि यो क्षेत्रलाई सम्मानपूर्वक नहेरिएको उनको भनाइ छ। पौडेलले भने, धेरै भएर दूध फालिएको समाचार आउँछ तर अभाव भएको समाचार आउँदैन खासै । उत्पादन बढाउने र उपभोग पनि बढाउने योजना, विविििधकरणमा जाने काम गर्नुपर्छ । कृषिलाई व्यवसायीकरण गर्नुपर्ने उनको सुझाव छ । पौडेले कम्तिमा आफ्नो उत्पादनले आफू पालिने अवस्था हुनुपर्नेमा जोड दिए। छिमेकी देश भारतबाट पनि नेपालले धेरै सिक्न सक्ने भनाइ उनको छ । पौडेलले भने, भारतमा १९७० तिर भारतमा आफ्नो जनसंख्यालाई पुग्ने दुध उत्पादन गर्न नसकेको अवस्थामा थियो । १९९८ मा भारत विश्वको धेरै उत्पादन गर्ने मुलुक बन्यो । ह्वाइट रिभ्योलुसन गरियो । संसारमा चाहिने दुधको मागको २५ प्रतिशत हिस्सा भारतको छ ।

डेलिसले दहीलाई फरक फरक फ्लेवरमा बजारमा विक्री गरिरहेको छ। नयाँ सोंचले गरेको उत्पादनको बजारीकरणले उपलब्धी हासिल गरेको अनुभव डेलिसको छ। छलफलको मोडरेटर (संचालन) खेती अग्र्यानिककी संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक प्रकृति गौतमले गरेकी थिइन् ।