• गृहपृष्ठ
  • क्रान्तिकारी  नेताहरुका छोराछोरी  पुँजीवादको स्वादमा रमाउदै

क्रान्तिकारी  नेताहरुका छोराछोरी  पुँजीवादको स्वादमा रमाउदै

Mar 31st, 2024

काठमाडौं, चैत १८

मोहन वैद्य किरण नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरु सबै अवसरवादी , संशोधनवादी भएको देखाउने गर्दछन् र जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने ढ्वाङ फुग्दै हिड्ने र जनताका छोराछोरीहरुलाई कहिलेकाहीँ राता भेस्ट भिराएर काठमाडौंको रत्नपार्कतिर कुदाएका हुन्छन् हतियार उठाउनुपर्छ भनिरहेका हुन्छन् भने  आफ्ना  छोराछोरीहरुलाई भने युरोप , अमेरिका , अस्ट्रेलिया जस्ता साम्राज्यवादी तथा महंगा पुँजीवादी देशहरूमा पढ्न पठाइरहेका छन् र देश नफर्केर उतै घरजम गरेर मस्ति गरिरहेका र पुँजीवादको स्वाद मज्जाले लिइरहेका छन् । उनीहरूको यो व्यवहार देख्ने जानकारहरुको भनाई के छ भने क्रान्तिका गफ हाँकेेर जनतालाई ढाट्ने र भ्रम पार्ने र  आफूलाई अब्बल दर्जाको  क्रान्तिकारी देखाउने नाटक गरिरहेका छन् ।यसरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी नेताका छोराछोरीहरु कुन कुन पुँजीवादी तथा साम्राज्यवादी देशहरूमा मस्ति गरिरहेका छन् ? त हेरौं : अध्यक्ष – मोहन वैद्य किरणकि छोरी अस्ट्रेलिया , केन्द्रीय कार्यालय सदस्यहरु – सीपी गजुरेल कि छोरी फ्रान्स , हरिभक्त कडेल प्रतीक कि छोरी अमेरिका , रामसिंह श्रीसका छोराबुहारी जापान , सिताराम तामाङका छोराबुहारी अमेरिका , इन्द्रमोहन सिग्देलका छोरा बुहारी अस्ट्रेलिया , परि थापाका छोरा बुहारी अमेरिका ।

केन्द्रीय सचिवालय सदस्यहरुमा धनेश्वर पोख्रेलका छोरा बुहारी अमेरिका र नातिनी अस्ट्रेलिया ,  चक्रपाणी शर्माको छोरा अमेरिक , दुई वटी छोरीहरू अस्ट्रेलिया , केशबहादुर परियारका छोरा बुहारी अमेरिका  , डा. जगदीशचन्द्र भण्डारीका छोरा बुहारी अमेरिका , हस्तबहादुर केसी का छोरा बुहारी अमेरिका  , दीपक बहादुर शाहीको छोरा अमेरिका केन्द्रीय सदस्यहरु अशोक कुमार सुवेदीको छोरा क्यानडा , इन्दिरा अधिकारी कि छोरी अमेरिका , गौरी देवकोटा दाहाल कि छोरी अमेरिकामा पड्ने भनेर गएर मस्ति गरिरहेका छन् । यता नेपालमा सशस्त्र जनविद्रोह गर्ने भन्दै जनताका छोराछोरीलाई भने बन्दुक बोकाउन भनिरहेका छन् ।