• गृहपृष्ठ
  • अखिलकाे सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित, नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी

अखिलकाे सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित, नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी

Mar 31st, 2024

काठमाडौं, चैत १८

अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएकाे परिक्षाकाे कपि हराएकाे विषयमा त्रिभुनव विश्वविद्यालयकाे परिक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेकाे छ ।

प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिले सम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएकाे सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गाेविन्द गिरि लगायतका अन्य नेताहरुकाे उपस्थितिमा केन्द्रिय शैक्षिक विभागकाे आयाेजनामा भएकाे कार्यक्रम सम्मन्न भएकाे हाे ।

अनेरास्ववियुकाे शैक्षिक विभागले त्रिविका उपकुलपति, परिक्षा नियन्त्रक लगायतलाई पनि बहसमा बाेलाएकाे थियाे । तर, उहाँहरु जवाफ दिन उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै काेणसभामा माेडिएकाे थियाे ।

कार्यक्रमा सहभागि विद्यार्थीहरुले त्रिविकाे ढिलासुस्ती कहिले सम्म ?, विद्यार्थीकाे भविष्यमाथि खेलवाड गर्न पाइँदैन, १६८ वटा कपि खाेई जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै संगठनका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्या देखि कतिदिन लुकेर र भागेर बस्ने भन्दै अनेरास्ववियु यसैगरि जफावविहिन भएर भागेर बसे अझैं ठूलाे रचनात्मक आन्दाेलनकाे बाटाे अपनाउने बताउनुभयाे ।

‘आज हामीले यहाँ उपकुलपतिलगायतका कर्मचारीसँग जवाफ माग्ने भनेका थियाैं । तर उहाँहरुकाे उपस्थिति भएन । हामी उहाँहरुलाई चुनाैतिका साथ भन्न चाहान्छाैं । यसरी जवाफविहिन भएर  भागि हिड्ने हाे भने आज हामीले सांकेतिक कुर्सी राखेर कार्यक्रम गरिरहेका छाैं । तपाईंहरु बसेकाे कुर्सीबाट तपाईंहरुलाई सडकमा ल्याउन सक्ने ल्याकत अनेरास्ववियुसँग छ । याे चेताना तपाईंहरुलाई हाेस्’ उहाँले भन्नुभयाे ।

त्यस्तै काेणसभामा आफ्नाे भनाई राख्दै उपाध्यक्ष गाेविन्द गिरीले वर्षेनि त्रिविकाे लापरबाहीका कारण परिक्षा लिइसकेकाे कापि हराउने र विद्यार्थीलाई पुन: परिक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने भन्दै त्रिविकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

‘विश्व एआईकाे जमनामा फड्काे मारिसके पनि त्रिवि अहिले पनि पुरानै सिलेबमा अड्काे छ । याे विद्यार्थीका लागि उपयाेगि हुन सक्दैन यसमा त्रिविले ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयाे ।

त्यस्तै शैक्षिक विभाग प्रमुख गाेविन्द थपलियाले यस विषयमा त्रिविका कर्मचारी यस आन्दाेलनबाट पनि नसुध्रिए देशैभर अझ शसक्त आन्दाेलन गर्ने बताउँदै शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारीक बन्न त्रिविका कर्मचारीकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।