कविताः मलाइ मेरो देशको धेरै………….

Mar 31st, 2024

काठमाडौं, चैत १८

मलाइ मेरो देशको धेरै माया लाग्छ
नेपाल आमाको माया सबै सन्ततिमा छ
यो देशलाई अझै सुन्दर मनले हेर्नु छ
हिमाल,पहाड र तराई प्रकृतिको सुन्दर उपहार छ 
 
 यो देश मेरो देश मेरो जीवन छ यो देशसँग
जे भए पनि केही कुरा भनेको छु तिमि सँग
देशका युवाले यो देशको गरिमा र शान बढाऔँ
यही देशको यही माटोमा रमाएर बाचौँ
 
यही माटोमा श्रम गरी केही गर्नु छ
एक आपसमा मिलीजुली बस्नु छ
जान्न अब परदेशमा सम्झनामा गाउँघर छ
मेरो देश मेरो माटो नियालेर हेर्नु छ
मलाइ मेरो देशको धेरै माया लाग्छ
नेपाल आमाको माया सबै सन्ततिमा छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी