• गृहपृष्ठ
  • नमस्ते पे द्वारा Global Money Week २०२४ मा विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

नमस्ते पे द्वारा Global Money Week २०२४ मा विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

Mar 29th, 2024

काठमाडौं, चैत १६

नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको बताएको छ । यस अन्तर्गत नमस्ते पे द्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पे का प्रयोगकर्ताहरू र फलोवर्सले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी प्राप्त गर्नु भयो। वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका बारेमा जानकारी र नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारे भिडियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो ।

त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियो जहाँ युवाहरूले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरू बारे सिक्ने मौका पाए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको बताएको छ जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् ।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।