• गृहपृष्ठ
  • ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने

Mar 27th, 2024

ललितपुर, चैत १४

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको र जावलाखेल युथ क्लबको सहयोगमा आयोजना हुने भएको हो ।

मेड इन नेपालको नारासहित ललितपुरस्थित जावलाखेलकाे फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म हुने उक्त एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विभिन्न वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी स्टाल राख्ने व्यवस्था गरिएको छ ।

पहिलो पटक ललितपुरमा आयोजना हुन लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

एक्स्पोले सार्कराष्ट्र बिचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न मेलाले उत्कृष्ट भुमिका खेल्ने र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतीमा कुमारी नाच, भैरब, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने अध्यक्ष शाक्यले जानकारी दिए ।

एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री तथा मौलिक उत्पादनहरू प्रदर्शनीमा राखिने छन् ।

एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न मुलुकका स्वादमा फुड स्टल, बालबालिकाहरूका लागि Kids Zone, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै १०० भन्दा बढि स्टलहरू रहने आयाेजकले जनाएकाे छ ।