• गृहपृष्ठ
  • गौतमश्री सहकारी पनि ‘समस्याग्रस्त सहकारी’ घोषणा

गौतमश्री सहकारी पनि ‘समस्याग्रस्त सहकारी’ घोषणा

Mar 27th, 2024

काठमाडौं, चैत १४

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

उक्त सहकारीले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सूचना प्रकाशन गरि सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।