२३ कम्पनी कालोसूचीमा

Mar 27th, 2024

काठमाडौं, चैत १४

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख गरेको छ ।