• गृहपृष्ठ
  • कृषि विकास बैंकले Global Money Week बिद्यार्थिसंग बैंक कार्यक्रम संचालन

कृषि विकास बैंकले Global Money Week बिद्यार्थिसंग बैंक कार्यक्रम संचालन

Mar 26th, 2024

काठमाडौं, चैत १३
कृषि विकास बैंकले Global Money Week बिद्यार्थिसंग बैंक कार्यक्रम संचालन गरेको छ । कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने उपस्थित गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पुर्बि नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाकाविद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका उपमाहाप्रबन्धकले Global Money Week बिद्यार्थिसंग बैंक कार्यक्रम संचालन गरेको हो ।

बित्तीय साक्षरता कार्यक्रममा वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पर्नु भयो ।

बिश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई Protect your money, protect your future  भन्ने नारा सहित Global Money Week को रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।