• गृहपृष्ठ
  • अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

Mar 25th, 2024

काठमाडौं, चैत १२

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए ।