सामान्य अंकले बढ्यो नेप्से

Mar 25th, 2024

काठमाडौं, चैत १२

आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो । सेसन अवधिमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुग्यो ।

यो सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भयो ।

यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घट्यो ।