• गृहपृष्ठ
  • ढाेलाहिटीमा दुई समूहबीच ग्याङ फाइट, दुई युवाको मृत्यु

ढाेलाहिटीमा दुई समूहबीच ग्याङ फाइट, दुई युवाको मृत्यु

Mar 25th, 2024

ललितपुर, चैत ११

ललितपुरकाे ढाेलाहिटीमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुई युवाको मृत्यु भएको छ ।

रातिको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदी जानकारी दिए ।

झडपमा परी सुनसरी घर भई ढाेलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।