• गृहपृष्ठ
  • कृषि विकास बैंकले ग्लोबल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकले ग्लोबल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Mar 24th, 2024

काठमाडौं, चैत ११

कृषि विकास बैंकले ग्लोबल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

‘प्रोटेक्ट योर मनी सेक्युर योर मनी’ भन्ने नारा लिई विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्च सम्म मनाउदै गरिएको ग्लोबल मनी वीक २०२४ नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देश भरि नै विभिन्न कार्यक्रमहरु गरि मनाउने क्रम जारी रहेको छ । ग्लोबल मनी वीक २०२४ सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठले उद्घोषण गर्नु भएको उक्त कार्यक्रमको शुरुवातमा कृषि विकास बैंक लि. शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले स्वागत मन्तव्य राख्नु हुँदै ग्लोबल मनी वीक २०२४ को शुरुवात सन् २०१२ मा भएको र हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिएको उल्लेख गर्दै कार्यक्रमको महत्वको विषयमा चर्चा गरे ।

कार्यक्रमको मुख्य श्रोतब्यक्तिको रुपमा रहनु भई उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले ग्लोबल मनी वीक को अवधारणा, महत्व एवं कृषि विकास बैंककले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरि रहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी गराए । विभिन्न श्रब्यदृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु समक्ष ग्लोबल मनी वीक को उद्देश्य प्रष्ट पार्नुका साथै कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुसंग अन्र्तक्रिया गरिएको थियो ।