• गृहपृष्ठ
  • लुभुको नमुना स्कुलकाे ४२ औँ अभिभावक दिवस सम्पन्न

लुभुको नमुना स्कुलकाे ४२ औँ अभिभावक दिवस सम्पन्न

Mar 23rd, 2024

ललितपुर, चैत १०

आज नमुना स्कुल लुभूको ४२ औ अभिभावक दिवस सम्पन्न भएकाे छ । पूर्व उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा स्कुल प्राङ्गणमा सम्पन्न भएकाे हाे।

कार्यक्रममा जेष्ठ अभिभावकका मध्ये बाट स्कुलका शिक्षक अभिभावक संघका अध्यक्ष माधब खत्रीलाई अभिनन्दन गरिएको थियो।

कार्यक्रममा बिकास प्रेमी युवा नेता पुर्व उद्योग मन्त्री बस्नेतलाई महालक्ष्मी नगरपालिकामा संचालित निजि तथा सामुदायिक साथै नमुना स्कुल परिवारको तर्फबाट उहाले युवा अवस्तामै बिभिन्न क्षेत्रमा पुर्याउनु भएको उल्लेखनीय योगदानको कदर स्वरुप अभिनन्दन गरिएको थियो।

अतिथिका रुपमा सुर्यबिनायक प्याब्सन्का अध्यक्ष दिनेश मैनाली लगायत विभिन्न पालिका प्याब्सनका अध्यक्ष, विभिन्न बिद्यालयका प्र अ हरु, विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु विभिन्न संघ सस्थाका प्रमुखहरु, लगायत थुप्रै संघ संस्थाका प्रमुखहरु रहेका छन् ।

कार्यक्रमका सभापतित्व संस्थापक प्रिन्सिपल रिता श्रेष्ठ र विद्यालयका संस्थापक तथा महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाश कुमार मल्ल रहेका थिए ।