कृष्णबहादुर महारा रिहा

Mar 22nd, 2024

काठमाडौं, चैत ९

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो ।

विद्युतीय चुरोटको आवरणमा सुन तस्करी गरेको आरोपमा उनलाई चैत ५ गते पक्राउ परेका थिए ।

सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको थियो ।