• गृहपृष्ठ
  • आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती फरार

आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती फरार

Mar 21st, 2024

काठमाडौं, चैत ८

आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती फरार भएका छन् । ११ अर्ब रुपैयाँ भन्दाबढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बिनाजानकारी फरार भएका हुन् ।


सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने र भएको संस्था समेत संकटग्रस्त भएपछि उप्रेती तनाब अवस्थामा रहेका थिए । सहकारी संकटमा परेपछि उनी नेपालमा पक्राउ पर्ने डरले भारत गई बसेको स्रोत बताएको छ । स्वास्थ्यमा समस्या आएका कारण भारतमा उपचार गराइरहेको भनेपनि सहकारी निक्षेप फिर्ता गर्ने सक्ने अवस्था नभएपछि उनी पक्राउ गर्ने डरले भारत गएको बताइएको छ ।

उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत हुन् ।