• गृहपृष्ठ
  • अधिकृत समाज काठमाडौंको अध्यक्षमा गोविन्दराज आचार्य चयन

अधिकृत समाज काठमाडौंको अध्यक्षमा गोविन्दराज आचार्य चयन

Mar 20th, 2024

काठमाडौं, चेत ७

अधिकृत समाज काठमाडौंको अध्यक्षमा गोविन्दराज आचार्य र सचिवमा दिपक कुमार केसी चयन हुनुभएको छ । काठमाडौंको दक्षिणकालीमा आयोजित समाजको साधारण सभाबाट समाजको तदर्थ समिति चयन भएको हो ।

काठमाडौंमा रहेको विभिन्न कार्यालयमा कार्यरत सरकारी कर्मचारीको साझा संस्थाको रुपमा स्थापित समाजको अध्यक्ष आचार्य आन्तरिक राजस्व कार्यालय, नयाँबानेश्वरमा कार्यरत हुनुहुन्छ भने समाजका सचिव केसी दक्षिणकाली नगरपालिकाको योजना अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ ।

समाजको उपाध्यक्षद्धयमा सडक डिभिजन कार्यालय, काठमाडौंमा कार्यरत नाराणय दत्त भण्डारी तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल कार्यरत नमुना कार्की दाहाल रहनुभएको छ । समाजको सहसचिवमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंकी सुजन कुमारी वर्देवा तथा कोषाध्यक्षमा नागार्जुन नगरपालिकाकी लता महत चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा भूमिराज भूषाल, गीता पौडेल, तिलकराज बोगटी, कुलप्रसाद पराजुली, प्रकाश दुलाल, अनुपम पौडेल, खगेन्द्रसिंह धामी, डुरदेव बराल र शिवलाल गैह्रे रहनुभएको छ ।