• गृहपृष्ठ
  • माउन्टेन डिउले अनुपविक्रम शाहीको साथमा ‘डरको अगाडि जित छ’

माउन्टेन डिउले अनुपविक्रम शाहीको साथमा ‘डरको अगाडि जित छ’

Mar 20th, 2024

काठमाडौं, चेत ७
माउण्टेन ड्युले आफ्नो मूल मन्त्र “डरको अगाडी जित छ” लाई व्यक्त गर्दै अनूप विक्रम शाहीको साथमा रोमाञ्चकताले भरपूर ग्रीष्मकालीन प्रचार अभियानको शुरुवात् गरेको छ । रोमाञ्चकारी स्टण्ट र रोचक कथासारले उपभोक्ताहरुलाई एक अविस्मरणीय अनुभूति प्रदान गर्ने निशिचत छ ।

नेपाल उपभोक्ताहरुलाई आफू भित्रको डरलाई हटाउन आग्रह गर्दै माउण्टेन ड्युले आजदेखि एक गतिशील एवं आकर्षक ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ । यस अभियानमा जोडिएका अनूप विक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरुदेखि नै व्यक्त गर्दै आएको “डरको अगाडी जित छ” भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् । यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभि विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधी राख्नेछ ।

पकड राखिराख्ने फिल्म एउटा गोदामबाट आँधी तुफान चलेसङै सुरु हुन्छ भने यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् । यसै बीच अनूप विक्रम शाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको अाँधी र त्यसको चपेटामा पर्न गईरहेका आफ्ना साथीहरुलाई देख्छन् । भयँकर आँधी, आगो र अवशेषहरुलाई बेवास्ता गर्दै ूमाउण्टेन ड्युको एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरुलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोशिलो स्टण्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् ।

यो भयावहपूर्ण परिस्थितिको निष्कर्षले अन्त्यमा फेरि एकपटक माउण्टेन ड्युको “डरको अगाडी जित छ” भन्ने मूल मन्त्रलाई मजबुत गरिदिएको छ । यी साहसिला दृश्यहरु शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भनें प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् । अभियानको बारेमा आफ्नो भनाई राख्दै पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर श्री अनुज गोयलले भन्नु भयो “माउण्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र “डरको अगाडी जित छ” लाई अनूप विक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि शुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं । हामी विश्वस्त छौं कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरु भएको टिभि विज्ञापन नेपाली युवाहरुसंग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरु भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछ ।”

अनूप विक्रम शाहीले अभियानको बारेमा टिप्पणी गर्दै भन्नु भयो “माउण्टेन ड्युसंग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा “डरको अगाडी जित छ” लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो । माउण्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरु छायाँकनले म भित्र अदम्य साहसहरु भरिएका छन्, जुन मेरो व्यक्तित्वसंग पनि दुरुस्त मेल खान्छ । सधैंं जसो नेपाली युवाहरुसंग यो यात्रा साझा गर्दै उनीहरुलाई उनीहरुको डर भन्दा अगाडी बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छुँ ।”
नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभि च्यानलहरु लगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा संचालन गरिनेछन् । माउण्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरु आधुनिक एवं परम्परागत खुद्रा पसलहरुका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध छन् ।