• गृहपृष्ठ
  • टेलिकमका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

टेलिकमका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

Mar 18th, 2024

काठमाडौं, चैत ५

ठेक्कापट्टामा जोडिएका एक जना अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । कार्यालयमा हाजिर गरेर छुट्टै निर्माण कम्पनी खडा गरी ठेक्का पट्टा समेत गर्दै आएका नेपाल टेलिकमका अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ ।

अख्तियारले प्रतिवादी बनाएको अधिकृत निर्मलप्रसाद सिटौला कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको भेटिएपछि उनलाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको अख्तियारले जनाएको छ ।

सिटौलाले सूर्यबिनायक धुलिखेल–सिन्धुलीबर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिएको भेटिएपछि अख्तियारले उनलाई भ्रष्टाचार मुद्धा चलाएको हो । सिटौलाले नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानुनी प्रावधान विपरीत एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारले जनाएको छ।