• गृहपृष्ठ
  • माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

Mar 18th, 2024

काठमाडौं, चैत ५

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरका अनुसार पूर्व मन्त्री महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ  गरेर काठमाडौं ल्याउन लागिएको जानकारी दिनुभयो ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो । त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसअघि महारासँग बयान लिएको थियो र त्यति वेला छोडिएको थियो ।