स्वास्थ्य चौकी भवन शिलान्यास

Mar 16th, 2024

आधारभूमि चेत्र ३ ललितपुर ।

महालक्ष्मी नगरपालिका वडा नं. ७ मा १२ कोठे स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । सो भवन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको आव ०८०/०८१ को विनियोजित १ करोड बजेटबाट १२ कोठे भवनको असार मसान्त सम्म फाउण्डेशन निर्माण गरिने र ०८१/०८२ असार मसान्त सम्म १२ कोठे स्वास्थ्य चौकी भवन निर्माण गरिने चाङ्गाथली स्वास्थ्य शाखा प्रमुख अजय केशरीले जानकारी गराए।

शिलान्यास कार्यक्रममा उपमेयर लक्ष्मी महर्जन लगायत महानलक्ष्मी नगरपालिकाका वडा ७ का अध्यक्ष बाबुराजा महर्जन, शिक्षा शाखा प्रमुख चिरिञ्जीवी पौडेल, १, ३, ५ र ९ का वडा अध्यक्षहरु र बडा न ७ वडा सदस्यहरुको उपस्थितिमा भएको थियो ।