पेट्रोलियम पदार्थको मूल्य घट्याे

Mar 15th, 2024

काठमाडौं, चैत २

आजबाट पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नियमका अनुसार पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने निगमले बढाएको छैन ।