• गृहपृष्ठ
  • नेकपा एमाले अधिवेशनः ललितपुरको अध्यक्षमा चार जना आकांक्षी

नेकपा एमाले अधिवेशनः ललितपुरको अध्यक्षमा चार जना आकांक्षी

Mar 15th, 2024

ललितपुर, चैत २
नेकपा एमाले ललितपुर जिल्ला कमिटिको नवौँ जिल्ला अधिवेशनको मिति तय भएको छ । अधिवेशन आगामी चैत २३ देखि २५ गतेसम्म आयोजना गर्ने भएको छ ।

अध्यक्ष पदका लागि चार जना आकांक्षी देखिएको छ । ललितपुर वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल, पूर्व वडा अध्यक्ष दिनेश कार्की, वर्तमान उपसचिव श्यामकृष्ण ब्यञ्जनकार दौडधूप गरिरहेका छन् ।

ललितपुर वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यको जितको चर्चा भएको छ । सम्मेलनबाट पदाधिकारीसहित १२० जनाको नेतृत्व चयन गर्नेछ । एमाले केन्द्रीय समितिले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।