प्रचण्डले संसद्‍बाट पाए विश्वासको मत

Mar 13th, 2024

काठमाडौं, फागुन ३०

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । उनको राखेको विश्वासको प्रस्तावको पक्षमा १५७ मत परेको थियो ।

प्रतिनिधि सभाको आजको बैठकमा २६८ सांसद उपस्थित भएकामा पक्षमा १५७ मत परेको र विपक्षमा ११० मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । १ सांसदले भने मत दिएनन् ।