• गृहपृष्ठ
  • अनुत्पादक क्षेत्रमा लगानीले सहकारी जोखिममा

अनुत्पादक क्षेत्रमा लगानीले सहकारी जोखिममा

Mar 13th, 2024

काठमाडौं, फागुन ३०

घरजग्गा, भवन, गाडीलगायत अनुत्पादक सम्पत्तिमा अत्यधिक लगानी गरेकाले सहकारी संस्थामा बेथिति बढेको र यसले समस्या नित्याएको प्रारम्भिक अनुगमनले देखाएको छ ।

राष्ट्र बैंकको सहभागितामा सहकारी विभागले यही फागुन दोस्रो सातादेखि गरेको ‘सघन सहकारी अनुगमन’मा पहिलो चरणमा काठमाडौं उपत्यका र काभ्रेका गरी नौ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । सोही क्रममा अनुत्पादक क्षेत्रमा अत्यधिक लगानी, सञ्चालकहरूको बेथिति, कमसल धितो र बिनाधितो कर्जा लगानीलगायत कारण सहकारी संस्थाको समस्या जटिल बन्दै गएको देखिएको स्रोतले बताएको छ ।

केही संस्थाले अफिस सजावटमा अत्यधिक लगानी गरेको र कर्मचारी तलबभत्तामा पनि ठूलो रकम खर्चिएको देखिन्छ । अर्थतन्त्रमा आएको संकटसँगै घरजग्गा र सेयर बजारलगायत क्षेत्रमा मन्दी आएपछि सहकारीबाट प्रवाह भएको कर्जा असुलीमा समस्या भएको स्रोतले बताएको छ ।

प्रभावकारी नियम परिपालन नहुँदा संस्थामा सुशासन बिग्रिएको, नकमाउने सम्पत्ति अत्यधिक देखिएको, नकमाउने सम्पत्तिमा धेरै लगानी देखिएको र पर्याप्त कजो नोक्सानी व्यवस्था नभएकोलगायत सममस्या देखिएको अनुगमन समितिका संयोजक एवं सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले स्विकारे ।

सहकारी विभागका उपरजिस्ट्रार उपाध्याय नेतृत्वको संयुक्त अनुगमन टोलीले सहकारी संस्थाहरूको सघन अनुगमन गरेको थियो ।