• गृहपृष्ठ
  • गाेदावरी नगरपालिका शहरी पूर्वाधार विकासमा देशकै उत्कृष्ट नगरपालिका हुन सफल

गाेदावरी नगरपालिका शहरी पूर्वाधार विकासमा देशकै उत्कृष्ट नगरपालिका हुन सफल

Mar 12th, 2024

ललितपुर, फागुन २९

देशभरका २९३ नगरपालिकामध्ये गाेदावरी नगरपालिका शहरी पूर्वाधार विकासमा देशकै उत्कृष्ट नगरपालिका हुन सफल भएको छ । नगरपालिकाले शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिकाले संघले गोदावरीलाई सम्मान गरेको हो ।

संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा विभिन्न पाँच विधा छनौट नगरपालिकाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सर्वोत्कृष्ट हुने नगरपालिकाहरुलाई संघीय मामिला मन्त्री भानुभक्त जोशीले सम्मान गरेका थिए ।