• गृहपृष्ठ
  • नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल

नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल

Mar 11th, 2024

ललितपुर, फागुन २८

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज कुसुन्तीस्थित चक्रपथमा अपांगतामैत्री लिफ्टसहितको आकासे पुलको शिलान्यास गरेकाे थियाे ।

मेयर महर्जनले नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण कार्य सुरु गरेकाे बताए ।

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो। आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माणका लागि अनुमति मागेको थियो।

ललितपुर महानगरको वडा नं. १३ मा निर्माण हुन लागेको यो पुलको निर्माण अवधि एक वर्ष रहेको छ।