• गृहपृष्ठ
  • ललितपुर धापाखेलबाट खैरो हेरोइनसहित एक जना पक्राउ

ललितपुर धापाखेलबाट खैरो हेरोइनसहित एक जना पक्राउ

Mar 11th, 2024

ललितपुर, फागुन २८

लागुऔषध हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरीलाई पक्राउ गरेको हो ।

लागुऔषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागु औषध खैरो हेरोइन जस्तो देखिने करिब ४० ग्राम साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गिरीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।